नियम
प्रमाणपत्रको नक्कल दिने

(१) व्यक्तिगत घटनाको दर्ताको प्रमाणपत्र हराएमा वा कुनै प्रकारले नष्ट भएमा त्यस्तो प्रमाणपत्रको नक्कलको लागि सरोकारवाला व्यक्तिले स्थानीय पंजिकाधिकारीको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भएपछि स्थानीय पंजिकाधिकारीले सम्बन्धित दर्ता कितावको कैफियत महलमा दर्ताको प्रमाणपत्रको नक्कल दिएको व्यहोरा जनाई मिति समेत हाली सही गरी पाँच रुपैयाँ दस्तूर लिई निवेदकलाई दर्ताको प्रमाणपत्रको नक्कल दिनु पर्नेछ ।